• 3rd Floor Maharajgunj Plaza Road, Kathmandu 10378, Nepal
01-5903855

के पुरुषहरु मा पनि मेनोपज हुने गर्दछ?

 IVF treatment in Kathmandu, Nepal at Angel Fertility Clinic

महिलाहरूको  उमेर बित्दै जाँदा महिनावारी रोक्किनुलाई मेनोपज  भने जस्तै, पुरुषहरूमा पनि "एन्ड्रोपज" वा "पुरुषहरूको मेनोपज " देखिने गर्दछ । यस ब्लगमा, हामी एन्ड्रोपजको अवस्था, महिलाहरुमा हुने  मेनोपौज सँगको समानता- भिन्नता, र जरूरी हर्मोनल परिवर्तनहरु बारे चर्चा गर्नेछौं। साथै पुरुषहरूको आयु संगै हुने हार्मोनल परिवर्तनहरूको बारेमा प्रकाश पार्नेछौँ।

 

एन्ड्रोपज भनेको के हो?

एन्ड्रोपज भनेको वयस्क, अझ उमेर ४०-५० वर्ष पुगेका पुरुषहरूमा टेस्टोस्टेरोन स्तरमा कमी आउने अवस्था हो।यस्तो अवस्था धेरै जस्तो पुरुषहरुमा  ३५ वर्ष पुगे पछि बिस्तारै देखिन सक्छ। महिलाहरुमाहुने  मेनोपौज बारे त हामी सबै लाई थाहा छ, तर एन्ड्रोपज बारे भने हामी धेरै अनाभिग्ग्य छौ। महिलाहरुमा देखिने मेनोपज महीनावारी रोकिए सँगै थाह हुन्छ र स्पष्ट देखिन्छ भने एन्ड्रोपज त्यसरी खुलस्त रुपमा देखिदैन। यो सबै पुरुषहरुमा नदेखिने भए तापनि, यो एउटा प्राकृतिक प्रकृया हो भन्ने हामीले बुझ्न जरुरी छ।

 

पुरुषहरूको हार्मोनल परिवर्तन के कारणले हुने गर्दछ?

टेस्टोस्टेरोन एक महत्त्वपूर्ण हार्मोन हो जसले प्रजनन स्वास्थ्य, मांसपेशको शक्ति , हड्डीको घनत्व, र कुल मूल्यहरूको सामान्यता बनाउँछ। एन्ड्रोपजमा टेस्टोस्टेरोनको स्तर बिस्तारै कम हुदै जान्छ। टेस्टोस्टेरोन स्तरहरूको कमीको साथै, पुरुषहरूले आफ्नो शरीरको संरचना, यौन आकर्षणमा कमी भएको र स्वभावमा परिवर्तनहरू महसुस गर्न सक्छन्।

 

एन्ड्रोपजको लक्षणहरू कस्तो हुन्छ?

एन्ड्रोपजको सामान्य लक्षणहरूमा थकान, सम्भोगमा आकर्षणको कमी , कमजोर मांसपेशी, शरीरमा बढ्दो मोटोपना, र मनोभावमा परिवर्तनहरू पर्ने गर्दछन्। एन्ड्रोपजको लक्षणहरू मेनोपौज को लक्षणहरूसँग तुलना गर्दा पुरुषहरू बिस्तारै कम शक्रिय देखिन्छन्। 

 

एन्ड्रोपजको प्रभाव कस्तो हुनछ?

एन्ड्रोपजले शारीरिक र भावनात्मक स्वास्थ्यमा विभिन्न रुपले प्रभाव पार्न सक्छ। यसले शारीरिक तथा भावनात्मक स्वास्थ्यमा असर देखिने साथसाथै कमजोरी, घट्दो आत्मविश्वास र व्यवहारमा अचानक आउने परिवर्तनहरु पर्दछन्। एन्ड्रोपजको बारेमा ज्ञान लिनु अत्यन्त आवश्यक छ किनकी यी परिवर्तनहरूले व्यक्तिहरुको सम्बन्ध र जीवनको गुणस्तरमा प्रभाव पार्दछ।

 

एन्ड्रोपजको सामना कसरी गर्ने?

यदि कसैले एन्ड्रोपजको लक्षणहरूले दैनिक जीवनमा अनुभव गरिरहेको छ भने, विज्ञको सल्लाहलिनु अति ऊत्तम हुन्छ। चिकित्शकहरूले हार्मोन स्तरको परीक्षण गर्ने, जीवनशैली परिवर्तनका उपायहरु, वा अन्य उपयुक्त उपचारहरूको सल्लाह प्रदान गर्न सक्छन्।

अन्त्यमा, एन्ड्रोपजको असर पुरुषहरुमा महिलामा मेनोपज जसरी नदेखिने भए तापनि, यो समय ढल्कदै जाँदा देखिने प्राकृतिक प्रकृया भएकोले यसको असर बारे जान्न र ध्यान दिन आवश्यक छ। एन्ड्रोपजको बारेमा थाहा पाउनुले शारीरिक र भावनात्मक स्वास्थ्यमा धेरै भन्दा धेरै ज्ञान पाउनुका साथै यसका असरहरूलाई पनि सजिलै सामना गर्न सकिन्छ। चिकित्शकहरूसँग बेलै मा सम्पर्क गरी र स्वस्थ जीवनशैली अनुसरण गर्नु महत्वपुर्ण हुन्छ। विज्ञहरुको साथ र सहयोगले एन्ड्रोपजको गतिलाई गम्भीरताका साथ लिए एन्ड्रोपजले ल्याउने कठिनाईलाई सजिलै सामना गर्नमा मद्दत मिल्दछ।

Our Latest Blogs

Is Vaping Killing Your Fertility? Find Out Now.

Think vaping is harmless? Discover how it affects fertility, hormones, and your health. Quit now for...

10 Common Gynecological Problems Women Should not Ignore

Notice irregular periods, pelvic pain, or unusual discharge? Angel Fertility Clinic offers expert ca...

Test Tube Babies vs Normal Babies: Myths & Facts

Are test tube babies different from naturally conceived ones? Learn the science, myths, and facts ab...

Tamara
whatsapp